सनराइज बैंकद्वारा थप तीन शाखारहित बैंकिङ सेवा बिस्तार

Advertisement

काठमाडौं । सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ । 

सोही क्रममा बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.-०६, गुलरा र कावासोती नगरपालिका वडा नं.-१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । 

Advertisement

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement