आज (माघ १६)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको १६ गते सोमबार, माघ शुक्लपक्षको नवमी तिथि । आज शहीद दिवस रहेको छ ।

मेष
पेशागत जीवनमा उन्नति हुने छ । पदोन्नति हुने वा थप जिम्मेबारी मिल्ने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । सिजनल समस्याले भने सताउने छ । 

Advertisement

वृष
पेशागत जीवनमा उपलब्धीहरुको नतिजा आउने छ । आम्दानीमा बृद्धि हुने छ । नयाँ नयाँ सवारीसाधन किन्न मन लाग्ने छ । रमाईलो स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ । 

मिथुन 
पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ । मनोबल कमजोर हुने हुँदा स–साना विषयमा पनि डर लाग्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । 

कर्कट
पेशागत जीवनमा झैझगडाको अवस्था आउने छ । बोसहरुसँग वैमनश्यता बढ्ने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला । 

सिंह
पेशागत जीवनमा सकारात्मक गति पैदा हुने छ । व्यवस्थापकीय क्षमतामा अदुभुद् बृद्धि हुने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ, झैझगडा चर्किने छ ।

कन्या
पेशागत जीवनमा आक्षेपको सामना गर्नु पर्ने छ । राम्रो गर्न खोज्दा खोज्दै पनि त्यसको उचित मूल्यांकन हुने छैन् । धेरै जोखिमपूर्ण कामहरु भन्दा निरन्तरताका लागि जोखिम लिनु उपयुक्त हुने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा दबाब सृजना हुने छ । 

तुला
पेशागत जीवनमा उन्नति प्रगतिको अवसर प्राप्त हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । खर्च भने केही बढ्न जाँदा बचतको अवस्था न्युन हुने छ । मनमा उत्साह  र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो कायम रहने छ ।

वृश्चिक
पेशागत क्षेत्र शुभ रहने छ  । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाको भने अभाव हुने छ । यात्रामा भने कठिनाई भोग्नु पर्ने छ ।

धनु 
पेशागत जीवन द्वन्दबाट अघि बढ्ने भएकाले कम बोल्ने र कम बिबादमा सामेल हुने गरेमा ठिक हुने छ । आर्थिक रुपमा कठिनाईहरुबाट गुज्रनु पर्ने छ । मनमा निराशा र वैचैनीको अवस्था विद्यमान रहँदा उत्साहको कमि हुने छ । भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा देखा पर्दा डर र भयले सताउने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ । 

मकर 
पेशागत जीवनमा केही सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको साथ हुने छ र समाधानतर्फ जाने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । परिवारबाट उचित मुल्यांकन नहुँदा चित्त दुख्ने छ । 

कुम्भ 
पेशागत जीवन सतत बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै उत्तम हुने छ । भोगविलासका विषयहरु तर्फ मन तानिने छ । आँटेका कामहरुमा मेहनत धेरै तर त्यसको नतिजा ढिला गरि थोरै मात्र आउने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनमा पटक्कै रुचि रहने छैन् । 

मीन
पेशागत जीवनमा सन्तुलन बिग्रने जोखिम छ । अनावश्यक झण्झटको सामना गर्नु पर्ने छ । आरोप प्रत्यारोप वा झैझगडाको वातावरण रहने हुँदा बादबिबादबाट परै बस्ने कोशिस गर्नु नै उत्तम हुने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement