महिन्द्राले सार्वजनिक गर्यो एक्सयूभी ७००, सुरुवाती मूल्य कति ?

Advertisement

काठमाडौं । एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने) नेपालमा सार्वजनिक गरेको छ । 

एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, यसभन्दा अघि कहिल्यै नभएको जस्तो सन्तुष्टि दिने अपेक्षा गरिएको छ ! एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ, जुन नयाँ पहिचान- ट्विन पिक्स लोगोको साथ आएको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो, जहाँ एक्सयूभी ७०० लन्च गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । 

महिन्द्रा एक्सयूभी ७०० लाई रु.७४ लाखको आकर्षक मूल्यमा सार्वजनिक गरिएको छ । यो मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीले जनाएको छ ।  

एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । 

ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ । नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको हो ।


 

Advertisement

Advertisement