४८ हजारलाई पर्ने शुभम पावरको आईपीओ बुधबारदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गते बुधबारदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले सामुहिक लगानी कोषहरुलाई २९ हजार ३० कित्ता, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ सर्बसाधारणलाई बिक्री गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।  

Advertisement

सर्वसाधारणलाई छुट्याइएको आईपीओ ४८ हजार १ सय ८६ जनाले १०-१० कित्ता र २ जना ११–११ कित्ताका दरले पाउने छन् । आईपीओ भर्नेको संख्या १२–१५ लाख हुने भएकोले १० कित्ताका लागि मात्रै आवेदन दिनु उपयुक्त देखिन्छ । 

कम्पनीले यसअघि स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ बिक्री गरिसकेको छ । 

उक्त कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरी २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको जनाएको छ ।  

Advertisement

Advertisement