शेयर बजारमा लगातार गिरावटः नेप्से १५.७० अंकले झर्दा पौने ३ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज बजार दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सेचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७० अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१११.६८ अंकमा झरेको छ । 

Advertisement

आज २५९ कम्पनीका ७५ लाख ५३ हजार २ सय ३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६.६१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घट्दा आदर्श लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने प्राइम लाइफका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज रिडी पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड २० लाख ५४ हजार ५ सय ८७.४० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार बजार १४.६८ अंकले घट्दा ३ अर्ब १ करोड ७९ लाख ६३ हजार ९ सय ५६.४७ रुपियाँ, हिजो सोमबार ४१.०१ अंकले बजार घट्दा ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५.९३  रुपियाँ बराबरको कारोबार भएको थियो भने गत साताको अन्तिम दिन बिहीबार पनि बजार ०.४१ अंकले तल झर्दा २ अर्ब ८६ करोड ८२ लाख ८ सय ३९.०३ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement