काठमाडौं । दुई हाइड्रो पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
यसैक्रममा रिडी पावर कम्पनीले शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३८५ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ५३९ थियो ।
त्यसैगरी अरुण भ्याली हाइड्रो पावर कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३०८.३३ कायम गरिएको छ । यसअघि रु. ३३३ थियो ।
समायोजन गरिएको मूल्यबाट भोलिदेखि दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।