आईस्पानको अध्यक्षमा दोहोरिए सुधीर पराजुली

Advertisement

काठमाडौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान नेपाल) को अध्यक्षमा फेरि सुधीर पराजुली निर्वाचित हुन सफल भएका छन् । हिजो गरिएको साधारण सभामार्फत पराजुली अध्यक्षता पदमा दोहोरिएका हुन् ।

साधारण सभाले नौ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ रहेका छन । त्यस्तै,  कार्यकारी सदस्यमा कमलप्रसाद बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा छन् ।

Advertisement

आईस्पानका अनुसार सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद तथा प्रमेश खरेल छन् ।

Advertisement

Advertisement