आज (माघ १८)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको १८ गते बुधबार, माघ शुक्लपक्षको एकादशी तिथि । आज भीमा एकादशी रहेको छ ।

मेष 
बौद्धिकतामा वृद्धि हुने छ । तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट जस्तो देखिने छ । सर्जिकल सामानको आपूर्ति, औषधी, ठेक्कापट्टा, लत्ता कपडा जस्ता क्षेत्रमा कार्यरतहरुलाई केही फाइदा मिल्ने छ । उद्योग, कलकारखाना, श्रमिक वर्गा, निर्माण जस्ता क्षेत्रमा सक्रियहरुलाई समय जोखिमले भरिएको रहने छ । शेयर कारोवार सकारात्मक बन्ने छ । 

Advertisement

वृष
मनमा दुविधाले सताउने हुँदा आफै प्रतिको भरोषामा अविश्वास देखा पर्ने छ । भाग्यको साथको अभावले गर्दा कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ ।सेक्युरिटी सेवा, होटल, रेष्टुरेण्ट, डान्सबार, वाउन्सर आदीमा सहभागिहरुलाई समय चुनौतिले भरिएको रहेको छ । शेयर कारोवार औसत खालको हुन्छ । 

मिथुन 
सकारात्मक समय छ । आत्मबल बलियो हुने हुँदा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने बानी हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुन जाने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने छ । शेयर कारोवार मध्यम रहने छ । 

कर्कट
चलाख व्यक्तित्व हुने छ । तर रिस भने कडा हुने भएकाले संयमित रहने प्रयास गर्नुहोला । दुविधात्मक मन हुने हुनाले निर्णयमा अन्योलता उत्पन्न हुने छ । व्यवस्थापकीय क्षमता बढोत्तरी हुने छ, यसले गरिरहेका काममा सफलता दिने छ । वाणिज्य, ब्यापार विजनेश क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहेको छ । शिक्षा, शैक्षिक संस्था, अध्यापन, शिक्षण जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहने छ । शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

सिंह
नरम खालको ब्यक्ति हुने भएकाले अरुले सहज रुपमा लिने हुँदा अरुको मन जित्न सकिने छ । तर व्यवस्थापकीय भूमिकामा गिरावट आउने छ । बोली प्रधान पेशाहरु जस्तै शिक्षा क्षेत्र, शिक्षण, अध्यापन, वाणिज्य, व्यवस्थापन आदीमा आवद्धहरुलाई समय प्रतिकुल देखिन्छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव उत्पन्न हुने छ । शेयर कारोवार औसत रहने छ । 

कन्या
दृढताको अभावमा निर्णय क्षमतामा भारी गिरावट आउने छ । मनोबलमा कमि हुने हुँदा भित्रि मनमा पटक्कै आँट आउने छैन् । बोलीमा भने नरमपना आउने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले सञ्चित गरेको धन सम्पत्ति नोक्सानी हुने समय रहेकाले ध्यान दिनु होला । शेयर कारोवार सकारात्मक रहने छ । 

तुला
बोलीको प्रभाव हुने हुँदा अरुबाट गराउनु पर्ने कामको प्रभावकारिता बढ्ने छ । तर बेला बेलामा झैझगडाको वातावरणमा झेस्ने हुँदा संयमित रहनु होला । आम्दानीमा केही बृद्धि हुने छ । मनोमलमा कमि आउने भएकाले दृढ भएर काम गर्ने प्रयास गर्नु होला । निर्माण, विकासका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, हेलिकोप्टर सेवा जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर कारोबारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
धैर्यता भएर पाईला चाल्नु पर्ने समय देखिन्छ । मनमा निराश भाव बढि आउने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला । पानी तथा तरल पदार्थबाट जोगिनु होला । अध्ययन, अध्यापनमा प्रगति हुने छैन् । आम्दानीमा अलिकति बृद्धि हुन खोजे जस्तो हुनेछ । धन सम्पत्ति नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्क रहनु होला । शेयर कारोबारबाट फाइदा हुने छै्न् । 

धनु 
व्यक्तित्वमा अस्वाभाविक अस्थिरता देखिने छ । पारीवारिक जीवनमा भने कलह र द्वन्द विद्यमान रहने छ । भाग्यको साथ नभएकाले आँटेका काम पुरा हुनका लागि बाधा व्यवधानहरु अत्याधिक देखिने छ । पेशागत जीवन औसतमा स्थिरतातर्फ नै ढल्कने छ । मेहनत र पराक्रमी स्वाभावमा केही बृद्धि हुने छ । शेयर कारोवार औसत रहने छ । 

मकर
व्यक्तित्वमा निखारता आउने छ । कसैले पनि हेप्न सक्ने छैनन् । मनमा दृढता बढ्ने छ । तर रिसको मात्रा अति धेरै हुने भएकाले यसबारेमा विवेक पुर्याउनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि गर्न सक्छु भन्ने भावना कायम रहने छ । धेरै चुनौतिपूर्ण कामहरुमा संलग्न हुने समय छैन् । शेयर कारोवारबाट फाइदा हुने छैन् । 

कुम्भ 
मनोवैज्ञानिक तरीकाबाट आम्दानीको क्षेत्रमा अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्यले साथ दिने छैन् । छोटोछोटो यात्रा गर्नुपर्ने हुने छ । शरीरमा कमजोरीहरु देखा पर्ने छन् । जसले गर्दा आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा सँहालिन मद्धत पुग्ने भएकाले परिवारको साथ र सहयोग लिएर अघि बढ्नु होला । जलविद्युत, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर कारोवार औसत खालको बन्ने छ । 

मीन
नरम स्वाभावको व्यक्तित्व हुने भएकाले सबैसँग मिल्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले उन्नति हुनेछ । दाम्पत्य जीवनमा भने कटुताका मात्रा देखिने भएकाले यसबारेमा सतर्क रहनु होला । साझेदारीमा गरिएका काममा पनि समस्या देखा पर्ने छन् । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने भएकाले निराश नभई अघि बढ्दै जानु उपयुक्त होला । शेयर कारोवार सकारात्मक रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement