काठमाडौं । बुधबार सुनचाँदीको मुल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।