सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

Advertisement

काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । मंगलबारदेखि ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । 

देशको प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा ढलका कारण सडक हिलाम्मे भए पनि सरकार भने बेखबर देखिन्छ । ढलले सडक हिलो हुँदा पैदल यात्रुले सास्ती भोग्नु परेको छ भने विशेषगरी दुई पाँंग्रे सवारी साधनहरु दुर्घटनाको जोखिममा परेका छन् । 
 
हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल गरेको देखिन्न । पूर्वी गेट वरपरका वासिन्दा र त्यस क्षेत्रमा पेशा व्यवसाय गर्नेहरु यति बेला दुर्गन्धका कारण समस्यामा परेका छन् । 

Advertisement

Advertisement

Advertisement