विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ सञ्चालनमा, भारतीय कम्पनीले पाएको थियो ठेक्का

Advertisement

काठमाडौं । विराटनथर नागरिक उड्डयन कार्यालयको आगमन कक्षमा आज बुधबारबाट ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । यात्रुहरुको सुविधाका लागि यो प्रणाली जडान नगरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

उनका अनुसार आन्तरिक विमानस्थलहरुमा यात्रुहरुको सेवा सुविधा अभिवृद्धि गर्ने योजनाअनुरुप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढी विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ जडान गरी परीक्षण भएको हो । गत जेठ २४ गते यससम्वन्धी ठेक्का सम्झौता भएको थियो । 

Advertisement

विराटनगरको लागि मात्रै भारतको ब्युमर ग्रुपलाई दुई करोड तीन लाख ५१ हजार रुपियाँ (करबाहेक)मा ठेक्का दिइएको थियो । यस प्रणालीको लगेज ह्याण्लिङ क्षमता दुई हजार चार सयदेखि तीन हजार रहेको छ । 

Advertisement

Advertisement