संदीपको निलम्बन फुकुवा गरिए पनि राष्ट्रिय टिमबाट खेल्ने कुराको सुनिश्चिता गरिएन्

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरे पनि राष्ट्रिय टिमबाट खेल्न पाउने कुराको सुनिश्चितता भने गरिएको छैन् ।  

बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका उनलाई पाँच महिनापछि निलम्बन फुकुवा गरिएको हो । जनदबाब बढ्दै गएको बेला अदालतले उनलाई धरौटीमा रिहा गर्न निर्देशन दिएको थियो । 

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकुद परिषद् सकारात्मक भएसँगै निलम्बन फुकुवा भएका संदीप तत्काल राष्ट्रिय टीमबाट खेल्न पाउने निश्चित नगर्न उनका समर्थनहरु निराश भएका छन् । 

यसै महिना हुने त्रिकोणात्मक घरेलु सिरिजका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखे पनि त्यसमा सन्दीपलाई राखिएको छैन् । बलात्कारको आरोपका कारण मानसिक तनाव खेपेका र पुर्पक्षका लागि थुनामा बसेका उनको फिटनेश र मानसिक स्वास्थ्य हेरेर मात्रै क्यानले प्रशिक्षणमा पठाउन खोजेको हुनसक्ने अडकल गरिएको छ । 
 
संदीपको निलम्बन फुकुवालाई लिएर क्यानका सात जनाले असहमती जनाउँदै मंगलबारको बैठक बहिस्कार गरेका थिए । उनीहरुले अध्यक्ष चतुरबहादुर चन्दसहित केही पदाधिकारीको राजीनामा पनि माग गरेका छन् । 

Advertisement

Advertisement