बैंकको ऋणमा थिचिएका किसानहरुले अप्रिय निर्णय गरे सरकारले जिम्मेवारी लिनुपर्छः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । बुधवार संसदमा उनले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको बताए । 

पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउँदै थापाले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनीकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरेबापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल किसानलाई दिन पनि माग गरे । 

Advertisement

थापाले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । किसानहरु कृषि मन्त्रालय पुग्छन् रुन्छन् कराउँछन् । यी नै किसानहरु जसले बैंकहरुबाट ऋण लिएर साना कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्युनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गरियो । नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ । तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ । मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँशु झार्दै छानबिन गर्न समिति बनाउने हो की ? ऋणले थिचिएका किसानहरुलाई जोगाउनको लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’

Advertisement

Advertisement