बागलुङमा एक पुरुषले गरे आत्मदाह प्रयास

Advertisement

काठमाडौ । पछिल्ला समय आत्मदाहका घटना बढिरहेको बेला बाग्लुङमा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । 
   
बुधबार बाग्लुङ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय बागलुङलाई खबर गरेका थिए । 

शरीरमा आगो लगाउँदा उनको अनुहारसहित शरीरका विभिन्न भाग जलेको छ । जिसीको अहिले धौलागिरि अञ्चल अस्पतालमा सामान्य उपचार गरी पोखरा रिफर गरिएको र उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement

Advertisement