भरतपुरमा माघ २७-२९ गतेसम्म नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

Advertisement

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी माघ २७, २८ र २९ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना गर्ने भएका छन् । यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । 

Advertisement

कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर पाउने छन् ।

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीसंगै नेपाल फुड एण्ड बेभेरेज एक्स्पो पनि आयोजना हुनेछ ।  यस फुड एण्ड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिङ लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् । 

प्रर्दशनीमा सहयोगी संस्थाको भुमिकामा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, कृषि बिभाग, पशु सेवा बिभाग, राष्ट्रिय दुग्ध विकास बोर्र्ड नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु रहेको आयोजनले जनाएको छ । 
 

Advertisement

Advertisement