चलचित्र ह्यारीकी प्यारीको प्रिमियर शोपछि एक दर्जन कलाकारको प्रतिक्रिया, कस्ले के भने ?

Advertisement

काठमाडौं । नेपाली चलचित्र ह्यारी की प्यारीको प्रिमियर शो भएको छ । मंगलवार राजधानीको एक हलमा फिल्मको प्रिमियर शो भएको हो । शोपछि फिल्म निर्देशक डा. कपिल रिजालले आगामी दिनमा चलचित्र क्षेत्रलाई झनै राम्रो दिने र आफ्नो ब्यानरबाट फिल्म बनाउने कुरामा निरन्तरता दिइरहने बताए । 

उनले फिल्म आफूले सानो कोशिस गरेको र सबैले साथ दिनुहुनेमा विश्वस्त रहेको बताउँदै चलचित्र नवीनतम् कथावस्तुमा बनेको बताए । 

Advertisement

त्यस्तै कलाकार केदार घिमिरेले चलचित्र एकदमै उत्कृष्ट बनेको बताए । उनले चलचित्र अभिनय र कथावस्तुका हिसावले राम्रो भएको बताए । 

वरिष्ठ कलाकाकर सन्तोष पन्तले चलचित्रमा बनाइएको हिरो मनको हिरो रहेको बताए । उनले चलचित्रमा कलाकारको अभिनय पनि उत्कृष्ट रहेको बताए । 

कलाकार दीपाश्री निरौलाले नेपाली चलचित्रमा यस्ता राम्रा चलचित्र बने नेपाली चलचित्रले नै जरो गाड्ने बताइन् । उनले चलचित्रले आफूलाई रुहाएको बताइन् । निरौलाले कथाले सबैको मन जित्ने बताइन् । 

कलाकार दीपकराज गिरीले चलचित्रको विषयवस्तु र अभिनयले मन छोएको बताए । 

कलाकार हिमेश पन्तले चलचित्रमा सबै विषयवस्तुहरु समेटिएकाले उत्कृष्ट रहेको बताए । 

अभिनेत्री साम्रज्ञीराज्यलक्ष्मी शाहले चलचित्र हेर्दा आफू धेरै नै खुशी लागेको र चलचत्रि सबै दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताइन् । 

कलाकार जितु नेपालले आफूलाई चलचित्र हेरिसकेपछि आएको प्रतिक्रियाबाट धेरै नै खुशी लागेको बताए । 

वरिष्ठ कलाकार किरण केसीले चलचित्र उत्कृष्ट रहेकाले दर्शकले अत्याधिक मन पराउनेमा विश्वस्त रहेको बताए । उनले निर्देशक रिजाल फिल्म क्षेत्रको लागि आवश्यक पात्र भएको बताए । 

त्यस्तै अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म नराम्रो भएपनि राम्रै भन्नुपर्ने होला भन्ने सोच बनाएर आएको भएपनि सोचेको भन्दा धेरै राम्रो रहेको बताए । 

वरिष्ठ कलाकार शिवहरि पौडेलले चलचित्र र चलचित्रमा कलाकारको अभिनय हेर्दा जितु र साम्राज्ञीको जोडी एकदमै उत्कृष्ट रहेको र पहिलो पटक राम्रो सिने जोडी फिल्म क्षेत्रले पाएको बताए । 

अभिनेता रमेश उप्रेतीले फिल्म एकदमै उत्कृष्ट रहेको र सन्देशमुलक फिल्म रहेको बताए । उनले फिल्ममा समसामयिक विषयवस्तुलाई उठाइएको बताए । 

चलचित्र ह्यारीकी प्यारी माघ २० गतेबाट देशभर प्रदर्शन हुँदैछ । यस चलचित्रमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । 

सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । 

दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । 

सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

Advertisement

Advertisement