कामना सेवा विकास बैंकका सीईओ पक्राउ

काठमाडौं । कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीलाई झापाबाट पाँच दिन अघि पक्राउ गरिएको हो । 

पक्राउ पर्ने बस्नेतसहित चार जना छन् । हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरिए पनि बाँकी केही फरार रहेको प्रहरीको भनाई छ । बैंकिङ कसुरमा पक्राउ गर्न नेपाल राष्ट्र बैंकले पत्र काटेपछि इलाका प्रहरी कार्यालय, दमकले बस्नेतलाई पक्राउ गरी अनुसन्धान थालेको हो । बैंकभित्र छानविन गर्दा समस्या देखिएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको थियो । 

Advertisement

ऋणीले विभिन्न फर्जी कम्पनीहरु खडा गरेर ऋणको प्रक्रिया गरेको र बैंकका तर्फबाट कम धितो राखेर बढी ऋण प्रवाह गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । 

Advertisement

Advertisement