एमालेका साँसद कोइरीलाई पक्राउ नगरी नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद नागरिक उन्मुक्ति पार्टीका साँसद अरुणकुमार चौधरीलाई पक्राउ गरिएको छ । 

ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले चौधरीलाई छ महिना कैद सजाय र आठ लाख १९ हजार रुपियाँ तिराउने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि भन्दै चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको छ । 

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ठूला दल र नेताहरु संगठितरुपमा लागिरहेको बेला उनलाई तर्साउन चौधरीलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी नागरिकता त्यागेपछि एउटा अनुसुची फारम नभरेको भन्दै सर्वोच्च अदालतका पाँच जना न्यायाधीशले लामिछानेको साँसद पद नै खारेज गर्नेसम्मको फैसला गरेको थियो । 

उक्त फैसलापछि नागरिकता अद्यावधिक गरेका लामिछानेलाई राहदानीको मुद्दामा थप कडा सजाय गर्ने र राजनीतिकरुपमा अघि बढ्न रोक्ने प्रयास भइरहेको बेला चौधरीलाई पक्राउ गरिएको हो । जबकी ज्यान मुद्दामा सजाय सुनाइएका नेकपा एमालेका साँसद लक्ष्मी महतो कोइरीलाई भने अझै पनि पक्राउ गरिएको छैन् ।  

कैलाली जिल्ला अदालतको उक्त आदेश पक्राउ नगरी उम्मेदवार हुन दिएर चुनाव जितेर संसदमा आइसकेपछि चौधरीलाई अहिले पक्राउ गरिनुमा ठूला दलहरुका बदनियत बढी देखिन्छ । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर भएका उनी पछि प्रदेश निर्वाचनमा पराजित भएका थिए ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको र त्यसमा अरुण चौधरी पनि दोषी रहेको अदालतको ठहर छ । 

रवि लामिछाने साँसद पक्राउ

Advertisement

Advertisement