एक अर्बले बढ्यो निर्जीवन बीमा व्यवसाय कुन कम्पनीको कति बढ्यो ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा निर्जीवन बीमा व्यवसाय एक अर्ब रुपियाँले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बीमाशुल्क एक अर्बभन्दा बढीले बढेको देखिएको हो । 

पुससम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब आठ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्म उनीहरुले १९ अर्ब रुपियाँ मात्रै बीमाशुल्क आर्जन गरेका थिए ।

Advertisement

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । उक्त कम्पनीको बीमाशुल्क दुई अर्ब ६५ करोड रुपियाँ छ । त्यसपछि धेरै बीमाशुल्क आर्जन गर्नेमा नेको इन्स्योरेन्स कम्पनी छ । उसले एक अर्ब ५४ करोड रुपियाँ आर्जन गरेको छ । 

बीमाशुल्क संकलनकै आधारमा तेस्रो नम्बरमा   हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । उसले एक अर्ब ५० करोड रुपियाँ संकलन गरेको छ । प्राधिकरणका तथ्यांकशास्त्री वसन्त बोहोराले गत बर्ष र यस बर्ष पुससम्मको तथ्यांक हेर्दा ठूलो हेरफेर नभएको बताउँदै कुनै कम्पनीले ठूलो व्यवसाय हात पार्दा वा गुमाउँदा समग्र तथ्यांकमा असर पर्ने बताए । 

यस बर्ष राष्ट्रिय बीमा कम्पनीमा काठमाडौं–निजगढ द्रुतमागको बीमा हात पारेकाले समग्र सूचकमा सकारात्मक नजिता आएको उनले बताए । 

कुन कम्पनीको बीमाशुल्क कति ?

Advertisement

Advertisement