महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम, सीईओ भट्टराईले दर्साए बीमाको महत्व

Advertisement

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वका विभिन्न पाँच स्थानमा महिला सशक्तिकरण कार्यक्रम आयोजना गरेको छ । 

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाएर आयआर्जनका कार्यक्रममा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको हो । 

Advertisement

भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा संचालित कार्यक्रममा ८० जनाको सहभागिता थियो । कार्कीले महिलाहरुको आर्थि, सामाजिक विकासको लागि संचालित कार्यक्रममा भद्रपुर नगरपालिकाले महालक्ष्मी लाईफसँग मिलेर काम गर्ने बताइन् ।

कार्यक्रममा महालक्ष्मी लाइफका सीईओ रमेशकुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र वडा नम्बर ९ की सदस्य मञ्जु राउत खड्काले बोलेका थिए । 

माघ १४ गते विर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा सीईओ भट्टराईले बीमा जस्तो परोपकारी काममा सहभाभी भई घरको जिम्मेवारी बहनसंगै मनग्य आय आर्जन गर्न सकिने भएकाले बीमा व्यवसायमा संलग्न हुन आग्रह गरेका थिए । 

पछिल्लो समय देशका विभिन्न ठाउँमा महालक्ष्मी लाइफले बीमा प्रचार प्रसारलाई तीव्रता दिएको छ । 

Advertisement

Advertisement