भिभोका चारवटा स्मार्टफोनहरुको मूल्य घट्यो, कुन मोडलको कति ?

Advertisement

काठमाडौं । चिनियाँ स्मार्ट फोन ब्राण्ड भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुः भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य घटाएको छ । 

यो मूल्य फेब्रुअरी बुधबारदेखि आउँदो फेब्रुअरी २८ सम्म नेपालका सबै खुद्रा पसल र ई–कमर्स साइटहरूमा लागू हुने भिभो नेपालले  जनाएको छ । भी२३ ई (८ +१२८ जीवी)को मूल्य ४१ हजार ९९९ रहेकोमा अब ३६ हजार ९९९ रुपियाँ, भी२३ ई (८ +२५६ जीवी)को मूल्य ४६ हजार ९९९ रहेकोमा अब ४१ हजार ९९९ रुपियाँ कायम गरिएको छ । 

Advertisement

त्यस्तै, वाई५३ एस (८ +१२८ जीवी)को मूल्य ३४ हजार ९९९ रहेकोमा अब ३० हजार ९९९ रुपियाँ, वाई२०एस (४ +१२८ जीवी)को मूल्य २५ हजार ४९९ रहेकोमा अब २३ हजार ४९९ रुपियाँ र वाई१५सी (३ +३२ जीवी)को मूल्य १७ हजार ९९९ रहेकोमा अब १४ हजार ९९९ रुपियाँ कायम गरिएको छ । 

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी रहेको भिभो नेपालले जनाएको छ । यसको रोमलाई विस्तार गर्न पनि सकिने जनाइएको छ । 

यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ । वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम रहेको जनाइएको छ । 
निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्शन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा लगायत उल्लेखनीय विशेषताहरु समावेश छन् । 
वाई२० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ ।
 

Advertisement

Advertisement