स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि संदीप पनि प्रशिक्षणमा

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । बालिका बलात्कारको आरोप लागेका उनी धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन हटाएको थियो । 

क्यानले यसअघि २८ सदस्यीय टोली बनाएर बन्द प्रशिक्षणमा पठाउने भने पनि अहिले १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो । लामिछाने तीन महिना निलम्बनमा रहेका थिए । देशको लागि खेल्दै आएका उनलाई बलात्कारको आरोपमा थुनामा राख्ने कुरा गलत भएको भन्दै आलोचना भएको थियो । 

Advertisement

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि क्यानले तयारी गरिरहेको छ । बन्द प्रशिक्षणमा सन्दीप र प्रतिशसहित कप्तान रोहित पौडेल, कुशल भुर्तेल आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।

Advertisement

Advertisement