आज (माघ २०)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको २० गते शुक्रबार, माघ शुक्लपक्षको त्रयोदशी तिथि ।

मेष 
नयाँ सवारीसाधन खरिद गर्नेतर्फ मन जाने छ । साझेदारीमा गरिएका काममा चुनौतिहरु देखा पर्ने छन् । दाम्पत्य प्रेममा मधुरताको कमि आउने छ । पेशागत क्षेत्र सोचे जस्तो वा योजना बनाए जस्तो हुने छैन् । मनोबल कमजोर भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने चुनौति देखिएकाले यसमा सजग भई व्यावहार गर्नुहोला । 

Advertisement

वृष
रंग रमाईलोमा पनि मन स्थिर हुने छैन् । मनमा चञ्चलाताका क्रमहरु धेरै देखिने हुनाले मन नियन्त्रणका उपायहरु अपनाउँदा शुभ रहने छ । पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । दाम्पत्य जीवनमा बादबिबाद र चर्काचर्कीको चुनौति देखिएकाले कम बोल्ने गर्नु नै उत्तम हुने छ । 

मिथुन 
यात्रामा मज्जा आउने छ । सृजनशिल व्यक्तित्व भए तापनि व्यावहारिक हिसावले अलि सहज हुन जाने छैन् । पेशागत  जीवन शुभ रहने छ, अरुले कदर गर्ने छन् । थप जिम्मेबारी र कामको दायित्व प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । बोली भने संयमित गर्दा शुभ रहने छ । 

कर्कट
रंग रमाईलोमा सहभागि हुन पाइने छ । खर्च पनि बढ्न जाने छ । प्रेम साथ र समर्थन प्राप्त हुने छ । पेशागत जीवन सहज रहने छ । प्राविधिक क्षेत्रमा आवद्धहरुको आम्दानीमा बृद्धि हुने छ । रिस नियन्त्रणमा भने गम्भीर प्रयास गर्नुहोला । बोलीको प्रभावकारीता बढाउन ध्यान दिनु उत्तम हुने छ ।

सिंह
मानसिक दबाबको महशुस भइरहने छ । सपना नराम्रो देखिने र त्यसले जीवनमा नराम्रो प्रभाव पार्ने हो कि ? भन्ने विषयले असाध्यै पिरोल्ने छ । पेशागत जीवन औसत खालको हुने छ । कार्य सफलतामा मनको अन्योलताले प्रभाव पार्ने छ । बोलीको प्रभाव बढ्ने भएकाले अरुको विश्वास आर्जन गर्न सक्दा काममा सफलता मिल्ने छ । 

कन्या
मुद्धा मामिला र चर्काचर्कीका विषयमा सतर्क रहनु नै उत्तम हुने छ । विभिन्न आरोप प्रत्यारोपमा जबर्जस्ति फस्ने खतरा देखिएको छ । पेशागत जीवन असन्तोषजनक रहने छैन् । आम्दानीको हिस्सा अनावश्यक खर्च हुने चुनौति देखिएको छ । व्यक्तित्व भने दृढ नै रहने छ । 

तुला
सवारीसाधनले दुःख दिने छ । परिवारमा भने सुमधुर सम्बन्ध स्थापना हुने छ । पेशागत जीवन औसत प्रकृतिको हुने छ भने आम्दानीमा गिरावट आउने छ । जस्तोसुकै अवस्थामा पनि दृढ खालले अडिग रहने व्यक्तित्व हुने छ । माटोसँग जोडिएको विषय जस्तै घर घडेरी तथा जग्गा जमिनको कारोवारबाट लाभ मिल्ने छ । 

वृश्चिक
मनमा करुणाको लहर आउने छ । यसले गर्दा व्यक्तित्व आफ्नो कर्मप्रति भन्दा भावनात्मक विचारमा छरिन पुग्ने छ । मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । धर्म–अध्यात्मप्रति रुचि बढ्दे रहने छ । पेशागत जीवन अनुकुल रहने छ । आम्दानीमा पनि बृद्धि देखिने छ । परिवारमा एकलकाँटे स्वाभाव देखिने छ । 

धनु
पेशागत जीवनमा प्राप्तिहरु हुने छन् । मनमा दृढताका मात्रा आउन थाल्ने छ । बोली मिठो हुने भए तापनि बेलाबेला अनौठो खाले रुखोपना देखा पर्न जाँदा काम बिग्रने छ । जीवनसाथिको साथले ठुलो अर्थ राख्ने छ । बौद्धिक क्षेत्रप्रति उदासिनता आउने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । 

मकर 
मनमा दुविधाका क्रम एकपछि अर्काे गरि आउने हुँदा त्यसले मनमा एक प्रकारको अशान्ति छाउने छ । आवश्यकता भन्दा धेरै बोल्ने गर्नाले हुन लागेका कामहरु पनि बिग्रने छन् । पेशागत जीवनमा विभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने भएकाले संयमित रही कदम चाल्नु होला । रिस कडा हुने छ । 

कुम्भ 
सवारीसाधनले धोका दिने छ । नयाँ सवारीसाधन किन्नु पर्ने दबाब सृजना हुने छ । स्वास्थ्यमा सुधार आउने छ । पेशागत जीवनमा पनि सकारात्मक नतिजाहरु देखा पर्न जाने छ । प्रतिष्पर्धात्मक स्वाभावमा गिरावट आउन सक्ने भएकाले सजग रहनु नै उत्तम हुने छ । दाम्पत्य जीवनमा मधुर वातावरण कायम रहने छ ।

मीन
आफ्नो कामप्रति लगावका साथ क्रियाशिल रहन मन लाग्ने छ । मेहनतको प्रतिफल पनि प्राप्त हुने छ । पेशागत जीवनमा उचित मुल्यांकन हुने छ । दयालु खालको व्यक्तित्व हुने भएकाले अरुले पनि सहज लिने छन् । परिवारमा शान्तिको वातावरण आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement