ग्लोबल आइएमईले माघ २९ देखि पाँच अर्बको ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले ५ वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो । 

Advertisement

ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने छ । 

बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । 

बाँकी ३० हजार इकाईसहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला गर्न लागिएको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले जनाएको छ । 

ऋणपत्रका लागि न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

Advertisement

Advertisement