मर्जर प्रस्ताव पारित गर्न सानिमा र रिलायन्स लाइफले एकै दिन बोलाए साधारण सभा
फाइल तस्बिर

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफले एकैदिन वार्षिक साधारण सभा डाकेका छन् । दुबै कम्पनीले फागुन १२ गते एकै दिन वार्षिक साधारण सभा गर्ने भउका हुन् । 

साधारण सभाबाट दुवै कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छन् । साथै दुबै कम्पनीले साधारण सभामा लाभांश सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने छैनन् । 

Advertisement

यी दुई कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुने गरी यसअघि नै सहमति भइसकेको छ ।  मर्जर पछि बन्ने कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ हुनेछ । 

साधारण सभा प्रयोजनका लागि दुवै कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । 

Advertisement

Advertisement