लाभांश पारित गर्न ज्योति विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । लाभांश पारित गर्न ज्योति विकास बैंकले फागुन १४ गते वार्षिक साधारण सभा डोकेको छ । 

सञ्चालक समितिको विहीबार बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । 

Advertisement

उक्त साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत  ३ प्रतिशत बोनस शेयर र ३.८० प्रतिशत (करसहित) नगद लाभांश पारित गर्नेछ । 

सभा प्रयोजनका लागि माघ २९ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत सञ्चालक समितिले गरेको छ ।  

Advertisement

Advertisement