अब विद्युतीय भुक्तानी सेवाबाट पनि नेपाल वायुसेवाको आन्तरिक टिकट काट्न सकिने

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवाबाट आन्तरिक उडानका टिकटहरु काट्न सकिने सुविधा सुरु गरेको छ । 
 
यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवा पोर्टलबाट सर्वसुलभ ढंगबाट टिकट काट्न सकिने सुविधा सुरु गरेको निगमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । अरु भुक्तानी सेवा प्रदायक कम्पनीहरुबाट पनि चाँडै यो सेवा सुरु गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रियतर्फ भने निगमको वेभसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको निगमको भनाई छ । त्यसैगरी, निगमले दुर्गम तथा विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताउँदै आफूहरु पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको बताएको छ । निगमले उपलब्ध सिट समेत बिक्री नगर्ने गुनासो बढ्दै आएको थियो । 

Advertisement

आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने भन्दै निगमले बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने बताएको छ । 

Advertisement

Advertisement