सशस्त्र प्रहरीका एसएसपी श्रेष्ठ राष्ट्रसंघको पिओसी कोअर्डिनेटर छानिए

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साईट कोअर्डिनेटर पदमा छानिएका छन् । ग्लोबल भ्याकेन्सीअन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट उनी उक्त पदमा छानिएका हुन् । 

दक्षिणी सुडानस्थित राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा रिक्त पिओसी कोअर्डिनेटर (पी ४) को निम्ति गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको प्रहरी डिभिजनले गरेको विज्ञापनमा नेपालको तर्फबाट श्रेष्ठले आवेदन दिएका थिए । 

Advertisement

दक्षिणी सुडानको शान्ति मिसनअन्तर्गत यो तहका कुनै पनि पदमा नेपाली अधिकृतहरु छनौट भएको यो नै पहिलो पटक हो । 

श्रेष्ठ सशस्त्र प्रहरी बल स्थापनापश्चात पहिलो ब्याचको निरीक्षक पदमा सेवा प्रवेश गरेर सर्वोत्कृष्ट भएका थिए । हाल सशस्त्र प्रहरी बलको कमाण्डेण्ट तालिम केन्द्र पोखरामा कार्यरत उनले यसअघि साउथ सुडान मिसनमा एक वर्ष एफपीयू कमाण्डरको रुपमा काम गरिसकेका छन् । 

यसअघि उनले संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्र संघको सहयोग मिसन इराकमा समेत नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन् ।  

Advertisement

Advertisement