मेन्छियाम हाइड्रोले सवा १६ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

Advertisement

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई बिहीबार बोर्डले अनुमति दिएको हो । 

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका कूल १६ करोड २७ लाख ७५ हजार रुपियाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया शुरु गरेको  बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । 

Advertisement

उक्त कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गरिसकेको छ भने सोही खोलमा ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माणका अनुमति पत्र पेश गरेको जनाएको छ ।  

Advertisement

Advertisement