उद्योग संगठन मोरङ र अमेरिकी राजदुतबीच द्विपक्षीय व्यवसायिक हित सम्वन्धमा छलफल

Advertisement

काठमाडौं । उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदुत डिन आर थोम्सनबीच भेटवार्ता भउको छ । भेटमा नेपाल र अमेरिकाको ब्यापारका विविध आया र द्विपक्षीय व्यवसायिक हितका सम्वन्धमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको सतहत्तर वटा वस्तुहरु खासै निर्यात हुन नसकेको तथ्यलाई मध्यनजर गरी उक्त वस्तुहरुको सूची पुनरवलोकन गर्न अनुरोध गरे । उनले उर्जाका क्षेत्रमा नेपालमा भईरहेको लगानी रन अफ रिभरमा आधारित रहेकाले आगामी दिनमा अमेरिकी सरकारले एमसीसी जस्ता ठूला र दीर्घकालिन महत्वका राख्ने परियोजना अन्तर्गत लगानी गर्दा जलाशययुक्त विद्युत गृह र नेपालको जलमार्ग विकास तर्फ लगानी गर्न सुझाव दिए । 

Advertisement

त्यसैगरी अध्यक्ष प्याकुरेलले नेपालको उद्योग व्यवसायहरुको प्रतिष्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका साथै हरित उत्पादनलाई दृष्टिगत गरी अमेरिकाले प्रयोगमा ल्याएको नविनतम प्रविधि प्रयोग र हस्तान्तरणमा सहजीकरण तथा अनुभव आदान प्रदानमा सहयोग गर्न अनुरोध गरे । 

नेपालका लागि अमेरिकी राजदुत थोम्सनले नेपाल र अमेरिकाबीचको व्यवसायीक विस्तारका लागि आफु सदैव सकारात्मक रहेको वताए । उनले अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएको वस्तुको सूचीलाई पुनर्विचार गर्न पहल गर्ने वताउँदै नीजि क्षेत्रको विकास र विस्तारले देशको आर्थिक विकासमा दुरगामी महत्व राख्ने उल्लेख गर्दै दुवै देशको व्यापारिक हितलाई मध्यनजर गरी सहयोगका लागि आफुले सहजीकरण गर्ने वताए । 

सो अवसरमा राजदुत थोम्सनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अल्मुनाईहरुका साथ अन्तरक्रिया समेत गरेका थिए । 

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सुशिल रिजाल, सौरभ सारडा, पारस लुनिया, ईन्द्र खत्री, सुदिप घिमिरेका साथै अमेरिकी दुतावासका उच्च पदस्थ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Advertisement

Advertisement