बिपिडब्लु लघुवित्तको आइतबारदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गते आइतबारदेखि र सर्वसाधारणका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।  

केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको कम्पनीको आईपीओमा श्रमिकहरुले फागुन ८  गतेसम्म र सर्वसाधारणहरुले फागुन २३ गतेसम्म आवेदन दिन पाउने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । 

Advertisement

कम्पनीले नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । १५ सय कित्ता कम्पनीको कर्मचारीको लागि र  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएर को बाँकी रहेको ८०  हजार ९ सय ५० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

Advertisement