दुई–तीन हप्ताभित्रै एनसेलमा चोङलाई हटाएर नयाँ सीईओ पठाउने एजियटाको तयारी

Advertisement

काठमाडौं । मलेसियन बहुराष्ट्रिय टेलिकम्युनिकेशन कम्पनी एजियटाले एनसेलमानयाँ सीईओ पठाउने तयारी गरेको छ । हालको सीईओ यण्डी चोङको कार्यसम्पादन पनि सन्तोषजनक नभएको र उमेर पनि धेरै भएको भन्दै एजियटाले नयाँ सीईओ पठाउन लागेको हो । एनसेलमा एजियटाको ८० प्रतिशत लगानी छ । 

एनसेल उच्च स्रोतका अनुसार दुईदेखि तीन हप्ताभित्रमा चोङ घर फर्किने छन् भने नयाँ युवा सीईओ नेपाल आउने छन् । एजियटाले नेपाल पठाउन लागेको नयाँ सीईओको नाम भने उनले खुलाएनन् । एजियटा मलेसियाको सरकारी स्वामित्वको कम्पनी हो । उक्त कम्पनीमा लामो समय काम गरेका चोङ ६१ बर्ष पुगिसकेका छन् । 

Advertisement

निजी क्षेत्रको एनसेल आएपछि नेपालको दूरसञ्चार सेवामा प्रतिस्पर्धा सुरु भई ग्राहक शुल्क घटाउन सहयोग पुग्नुका साथै राजश्वमा समेत ठूलो योगदान पुगेको छ । 

पुनः सम्पादन– २०७९ माघ २३ गते अपरान्ह ४ः३५

Advertisement

Advertisement