बार्षिकोत्सवमा नेपाल टेलिकमलाई निकै झपारे खनालले, कम्पनी फेल भएको आरोप

Advertisement

काठमाडौं । नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवमा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम फेल भएको भन्दै टिप्पणी गरेका छन् । 

सरकार तथा नियामक निकायको सहयोग पाउँदा पनि टेलिकमले पाइलट प्रोजेक्ट अन्तर्गतको डिजिटल नेपाल अवधारणामा चुकेको भन्दै उनले कम्पनी असफल भएको बताए । 

Advertisement

खनालले पछिल्लो समय टेलिकमले फोरजी सेवा देशको विभिन्न स्थानमा पुगेको दाबी गरे पनि राजधानी काठमाडौंको चक्रपथभित्रै फोरजीको गुणस्तर खस्केको उदाहरण दिए । 

उनले भने, ‘एनटीएले यस डिजिटल नेपाल निर्माणको प्रोजेक्टलाई जम्मा तीन वटा प्याकेजमा विभाजन गरेको थियो । बाग्मतीकै काम दुई वर्षमा पनि सुरु हुन् सकेन् । ठेकदारलाई कारबाही गर्न सक्नुहुन्न तपाईंहरु । डिजिटल नेपालको अवधारणा पूरा गर्न तपाईंहरु गम्भीर हुन जरुरी छ ।’

सूदुरपश्चिमलगायत देशव्यापी रुपमा नै फाइबर विस्तारको काम गर्न नै बाँकी रहेको बताउँदै अध्यक्ष खनालले  यतातर्फ पनि टेलिकमको ध्यानाकर्षण गराए । उनले भने, ‘आज उल्लासमय हुनुपर्ने वार्षिकोत्सवमा म अल्ली आलोचनात्मक हुन अनुमति माग्छु । देशभर फोरजी नेटवर्कको बिस्तारका लागि योजना बनाइएको थियो । सात सय ३९ ठाउँमा फोरजी पुगको प्रचार गर्ने तपाईंहरुले रिङरोडभित्रै फोरजी पुगेको छ भन्न सक्नु हुन्छ ?’

खनालले आज कम्पनीले फाइभजी उद्घाटन गर्ला भन्ने प्राधिकरणले अपेक्षा गरे पनि फाइभजीको एउटा प्राविधिक परीक्षणको रुपमा मात्रै सिमित बनाएको फाइभजीका लागि प्राधिकरण र सरकारले गरेको सहयोगको नतिजा कम्पनीले देखाउन नसकेको बताए । 

पछिल्लो समय नेपाल टेलिकमको सेवा पटक पटक अवरुद्ध हुन थालेको, पछिल्लो पटकको सेवा अवरुद्ध हुँदा कम्पनी चुकेको आफूले महशुस गरेको बताउँदै उनले ग्राहक, नियामक तथा सरकारको विश्वासलाई आत्मसाथ गरेमात्रै कम्पनीले नाफा वृद्धि गर्नसक्ने बताए । 

कम्पनी तीन वर्षको अवधिमा निरन्तर घाटामा रहेको खनालको भनाई छ । अन्य सूचकहरुमा घट्ने कारण नहुँदा पनि नेपाल टेलिकमको नाफा घटेको कुरा खोजीको विषय पनि हुनसक्छ भन्दै उनले रेभेन्यु जेनरेट हुने ठाउँमा कम्पनी जान नसकेको बताए । नेपाल टेलिकमलाई सेतो हात्ती नबन्न खनालले सल्लाह दिए । 
 
शहरलाई असहज बनाउने तारहरुको व्यवस्थापन जरुरी रहेको उनले बताए । दुई वर्षअघि सञ्चार मन्त्रालयले दिएको पाइलट प्रोजेक्टमा नेपाल टेलिकम फेल भएको भन्दै खनालले भने, ‘मैले फेल भन्ने शब्द नै प्रयोग गर्न चाहें । प्रविधिको हिसाबले विकसित हुनुपर्ने भएकाले नेपाल टेलिकमले आफ्नो छवि उच्च राख्नु पर्नेछ । हामी त सधैं टेलिकमको साथमा छौं । सबै भौतिक पूर्वाधारहरु भएर पनि तपाईंहरु घाटामा गएको राम्रो भएन् ।’

उनले थपे, ‘आज म अन्टसन्ट भन्न आएको होइन् । तर, नेपाल टेलिकममा देखिएको कमजोरी भन्नैपर्ने भएर भनेको हो । २०औं वर्षमा प्रवेश गर्नुभएकोमा मेरो आफ्नो र नियामक निकायको तर्फबाट धेरै शुभकामना र बधाई छ ।’ 

Advertisement

Advertisement