रिद्धि सिद्धि सिमेन्टद्वारा स्वास्थ्य शिविर आयोजना

काठमाडौं ।  रिद्धि सिद्धि सिमेन्ट उद्योगको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो ।

Advertisement

उद्योगका सीईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए। 

कार्यक्रममा जनरल फिजिसियन,  बाल रोग,  महिला रोग,  हाड जोर्नि तथा नशा रोग, छाला रोगको परिक्षण तथा औषधि वितरण समेत गरिएको थियो । 

Advertisement

खानी प्रमुख गणेश कुमार सिह , प्रशासन् प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरुप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो। 

उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए । 

राक्सिराङ्ग गाउपालिका वडा नं ४  का अध्यक्ष सन्जय कोईरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटारमा सम्पन्न भएको हो । 


 

Advertisement