नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले शुरु गर्यो फिनपीओएसमा नेपालपे ट्याप र क्यूआर सेवा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपीओएसबाट नेपाल पे ट्याप र नेपालपे क्यूआर सेवाको थालनी गरेको छ । 

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपीओएस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । 

Advertisement

त्यसैगरी डाइनामिक नेपालपे क्यूआरलाई पनि बैंकले आफ्नो फीनपीओएसमा सुचारु गरेको छ । उक्त फीनपीओएसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टआईपीएस प्रयोग गर्न सकिन्छ । बैंकले सुरुवात गरेको पीओइस डिभाइसमा क्यूआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।

नेपालपे ट्याप, एनएफसी प्रविधिमा आधारित छ, जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पी२पी र पी२एम भुक्तानीहरूको लागि कन्ट्क्टलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसी सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन ।

यससँगै अब ग्राहकले पीओएसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फीनपीओएसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्टआईपीएस मोबाइल एप मार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्दछ । हाल नेपालपे ट्यापको कारोबार सीमा प्रति कारोबार रु ५,००० सम्म रहेको छ । यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि अल इन वान मेसिनको  रूपमा फीनपीओएस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नेपालपे ट्याप र नेपालपे क्यूआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ ।
 

Advertisement

Advertisement