क्यान ईन्फोटेकको एसोसिएट प्रायोजकमा डिशहोम फाइबरनेट

Advertisement

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा हुँदैछ । 

२८ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।

Advertisement

एसोसिएट प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टल नं. डि ३३ मार्फत आफ्नो फाईवरनेट तथा विभिन्न प्रडक्टहरुको वारेमा आवश्यक जानकारी प्रदान गर्ने जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ ।
 

Advertisement

Advertisement