दुई पर्वतारोहीद्वारा अफ्रिकाको किलिमन्जारो हिमालको आरोहण गर्न सफल

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पा र पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो किलिमन्जारो (५,८९५ मिटर)को सफल आरोहण गरेका छन् । 

सातै महादेशका अग्ला शिखरम पुग्ने लक्ष्यमा रहेका लाक्पा देण्डी शेर्पा र पासाङ फुर्बा शेर्पाले शनिबार बेलुकी ४ बजेर २० मिनेटमा किलिमन्जारो चढेको हुन् । 

Advertisement

पर्वतारोही लाक्पा देण्डी शेर्पाले यसअघि पनि फेब्रुअरी ३ तारिखका दिन पहिलो पटक किलिमन्जारो हिमालको सफल आरोहण गरेका थिए । यो सँगैं दोस्रो पटक सफलतापूर्वक किलिमन्जारो चढेका उनले बताए । शेर्पाले लाक्पा देण्डी शेर्पाले सगरमाथा, माउन्ट अकोनकागुवा, किलिमन्जारा हिमालको सफल आरोहण गरिसकेका छन् । अब डेनाली, माउन्ट एल्ब्रस, विन्सन र पञ्चक जय हिमालको आरोहण गर्ने बाँकी रहेको छ ।

पासाङ फुर्बा शेर्पाले हालसम्म सातै महादेशका अग्ला शिखरहरुमध्ये सगरमाथा, माउन्ट एल्ब्रस र किलिमन्जारो गरि तीन वटाको सफल आरोहण गर्न सफल भएका छन् । अब अकोनकागुवा, डेनाली, भिन्सन, पञ्चक जय हिमालको आरोहण गर्न बाँकी रहेको छ । बाँकी रहेका सातै महादेशका अग्ला शिखरहरु बिस्तारै आरोहण गर्दै जाने उनको भनाइ छ । 

Advertisement

Advertisement