सरकार छोड्ने स्वतन्त्र पार्टीको निर्णय, रवि गरे ठूला मिडियाहरुको विकृतिको भण्डाफोर

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सो पार्टीको आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छन् । यसअघि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री रहे पनि सर्वोच्च अदालतको फैसलाबाट साँसदसहित उनको सबै पद गएको थियो । 

Advertisement

नेपाली नागरिकता लिएपछि उनको पार्टीले गृहमन्त्री दावी गरे पनि सत्तारुढ दलहरुले दिन नमानेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

पार्टीको निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले लामो सम्बोधन गर्दै ठूला मिडियाहरुको बिकृतिको भण्डाफोर गरेका थिए । उनले आफू गृह मन्त्रालयमा हुँदा गरेका सुधार प्रयासबाट अत्तालिएकाहरुले आफूलाई हटाउन भूमिका खेलेको बताए । उनले नेपालको राजनीतिदेखि अदालतसम्म रहेको विकृतिको आलोचना गरेका थिए । 

Advertisement

Advertisement