ओलीले खरको छानो हटाइ टिनको छानो लगाउने काम आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सिमित गरेः मेटमणि चौधरी

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो क्षेत्रमा मात्रै सिमित गरेको आरोप लगाए । 

आइतवार प्रतिनिधि सभामा उनले यस्तो आरोप लगाए । चौधरीले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो बिस्थापित गरेको भए पनि ती सबै बिस्थापित कार्यक्रमहरु झापाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए । 

Advertisement

उनले जहिल्यै ठूला कुरा गरेर मात्रै देशको विकास नहुने बताए । चौधरीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गरे । 

चौधरीले भने, ‘उहाँले बडो ठूलो आवाजमा बोल्नुभएको छ, जनता आवास कार्यक्रमार्फत जनतालाई खरको छाना मुक्त गरेर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो, म स्मरण गराउन चाहन्छु, त्यसबेला करिव २० हजार घरमा खरको छानो बिस्थापित गरेका थियौँ । तर त्यो बेला २० हजार घर सबै झापा जिल्ला र उहाँकै निर्वाचन क्षेत्रमा मात्रै लागेको थियो । जग्गा लालपुर्जाको कुरा गरेका थियौँ, तीन दशकको अवधिमा कति जनालाई प्रदान गरका छौँ, एक जनालाई छ भने भन्नुप¥यो । १३ वर्षे बालिकालाई बलात्कार गर्ने मान्छेलाई कारबाही गर्न सकेनौँ, ठूला कुरा गरेर हुन्छ । आइन्दा यस्ता ठूला बेतुक, बेकारका कुरा, मान्छेलाई भुलाउने कुरा नगर्दा राम्रो हुन्छ ।’ 

Advertisement

Advertisement