४८ हजारलाई पर्ने शुभम पावरको आईपीओमा साढे १३ लाखको आवेदन

Advertisement

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गते बुधबारदेखि आज माघ २२ गते आइततबारसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ)मा  १३ लाख ६० हजार ९७ जनाको आवेदन परेको छ ।  अन्तिम दिन हो । 

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार १ अर्ब ५० करोड ७३ लाख ६४ हजार रुपियाँ बराबरको १ करोड ५० लाख ७३ हजार ६ सय ४० कित्ताका लागि आवेदन परेको हो । 

Advertisement

कम्पनीले सामुहिक लगानी कोषहरुलाई २९ हजार ३० कित्ता, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ सर्बसाधारणका लागि बिक्री खुला गरेको हो । 

सर्वसाधारणलाई छुट्याइएको आईपीओ ४८ हजार १ सय ८६ जनाले १०–१० कित्ता र २ जना ११–११ कित्ताका दरले पाउने छन् । 

कम्पनीले यसअघि स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ बिक्री गरिसकेको छ । 

उक्त कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरी २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको जनाएको छ ।  

Advertisement

Advertisement