काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ एक लाख ७४ हजार तीन सय जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट http://www.sanima.capital/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://supermadihydro.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
आईपीओका लागि १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियोू। आवेदक मध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले निष्काशन खुला गरेको उक्त २१ लाख कित्ता आईपीओ मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता, सामुहिक लगानी कोषलाई १ लाख ५ हजार कित्ता र ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो ।