शेयर बजारमा झिनो सुधारः कारोबार रकम भने एक अर्ब ४७ करोडमै खुम्चियो

Advertisement

काठमाडौं । शेयर बजारमा आज पनि झिनो सुधार देखियो । तर कारोबार रकम भने खुम्चिंदै गएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५७ अंकले बढेको हो । ०.२२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१००.६५ अंकमा उक्लिएको छ । 

Advertisement

आज २५९ कम्पनीका ३९ लाख २२ हजार २ सय १६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६सय ४५.६० रुपियाँ बराबरको कारोबार भएको छ । 

आज पनि आदर्श लघुवित्तका शेयरधनीहरुले १० प्रतिशत नाफा कमाएका छन् भने लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी ९.५८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ६ करोड ४५ लाख ७३ हजार ६१.२० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन हिजो बजार १.५४ अंकले बढ्दा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३.९३ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement