प्रभु बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट दिने सम्झौता

काठमाडौं । प्रभु बैंक र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Advertisement

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित फुड र वेभरेज (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

Advertisement

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement