बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउने व्यवसायीलाई गभर्नरको आश्वासन

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने ब्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका हुन् । 

Advertisement

भेटका क्रममा गभर्नर अधिकारीले ब्यवसायीहरुलाई बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति ब्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङ लगायतका बिषयमा जानकारी लिएका थिए । 

त्यसक्रममा उनले सुनको आयात, विक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्या जस्ता बिषयहरुलाई आपसी छलफल र सरसल्लाहका आधारमा सम्वन्धित निकायवाट नै निराकरण गर्न सकिने सुझाव दिए । 

Advertisement

त्यस अवसरमा ब्यवसायीहरुका तर्फवाट बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने ब्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरुप वदल्नु पर्ने, पान नम्वरका आधारमा सुन वितरणगर्ने ब्यवस्था गरिनुपर्ने, नाका नाका वाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खातावाट जुनसुकै वैंकको सुन खरिद तथा भुक्तानीको ब्यवस्था मिलाइनुपर्ने लगायतका माग राखिएको थियो । 

ब्यवसायीसँगको भेटका क्रममा राष्ट्र बैंककी वपिरष्ट डुपुटी गभर्नर डा. निलम ढुङगाना, डुपुटी गभर्नर वमवहादुर मिश्र, कार्यकारी निर्देशक रामु पौड्याल लगायतको उपस्थिति थियो । ब्यवसायीका तर्फवाट उपाध्यक्ष पवन सोमानी, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो । 
 

Advertisement