आज (माघ २४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको २४ गते मंगलबार, माघ फाल्गुन कृष्णपक्षको द्वितीया तिथि ।

मेष 
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत जीवन पनि सवल रहने छ । भाग्यको साथ रहेका कारण चालेका कदमहरु सफल हुने छन् । पारीवारिक जीवनमा सम्बन्धहरुमा क्रमशः सुधारका संकेतहरु देखिने छ । बोलीमा कठोरता देखिने भएकाले संयमित रहनु नै वाञ्छनीय हुने छ ।

Advertisement

वृष
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत क्षेत्र पनि अनुकुल रहने छ । आम्दानीमा बृद्धि हुने हुँदा त्यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । नयाँ सवारीसाधन खरिद गर्नका लागि मन जाने छ । बौद्धिक जीवनमा बढोत्तरी हुने छ । तर सपना भने नराम्रो देखिने छ । 

मिथुन 
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवन सोचे जस्तो हुने छैन् । त्यसैले ठिक्क मात्रामा मात्र महत्वाकांक्षा लिएर अघि बढ्नु ठिक हुने छ । मनोबलमा गिरावट आउँदा असफल हुन्छु कि जस्तो विचार मनमा लागि रहने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । अरुले अन्योलग्रस्त व्यक्तित्वको अनुभूति गर्ने छन् ।  

कर्कट
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सफलताका क्रम रहने छ । यस अघि देखिएका कठिनाईहरुमा क्रमशः सुधार आउने छ । भाग्यहिनताका कारण चालिएका कदमहरु धेरै सफल भने भई हाल्ने छैनन् । मनमा नकारात्मक विचारहरुले सताउने छ । 

सिंह
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक सुधारका संकेतहरु आउने छन्, जसले गर्दा नयाँ उमङ्ग सञ्चारित हुने छ । अझै पनि आफ्नो पेशागत क्षेत्रका उच्चस्तरका पदाधिकारीहरुको मन जित्न निकै मेहनत गर्नुपर्ने छ । 

कन्या
शेयर बजारबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । आम्दानी प्रति मनोबल केन्द्रीत हुने छ । मनमा सुख सन्तोषको भने अभाव हुने छ । विदेशमा रहेकाहरुको हकमा आम्दानीमा बढोत्तरी हुने छ । व्यापारमा सुधार आउने छ । 

तुला
शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । पेशागत जीवनमा ससाना प्रतिकुलतासँग जुध्नु पर्ने छ । व्यक्तित्वमा हुने दृढताका कारण अरुले हेप्न सक्ने छैनन् । पारीवारिक जीवनमा अन्योलता र उकुसमुकुसको वातावरण रहने छ, अर्थात झैझगडाको अवस्था रहने छ । भाग्यहिनताका कारण आँटेका काम ढिला गरि पुरा हुने छ । 

वृश्चिक
शेयर क्षेत्र मध्यम खालको रहने छ । पेशागत जीवनमा सुधार आउने छ । आम्दानीमा पनि बृद्धि हुने भने धन सम्पत्तिको बृद्धि हुने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले प्रतिष्पर्धात्मक क्षमताको अरुले अनुभूति गर्ने छन् । रिस धेरै हुने भएकाले यसमा संयमित रहनु होला । परिवारमा द्वन्द देखिने छ । 

धनु 
शेयर बजार औसत खालको रहने छ । पेशागत जीवनमा अनुमान नै नगरिएका खालका समस्याहरुले तनाव दिने छ । तर आम्दानीमा हुने बृद्धिले मनमा दृढताको अभाव भने हुन दिने छैन् । व्यापारमा आवद्धहरुको हकमा भने धेरै जोखिम भन्दा निरन्तरतालाई ध्यान दिँदा उपयुक्त छ ।

मकर 
शेयर बजार सकारात्मक रहने छ ।पेशागत जीवनमा उन्नति प्रगति हुने छ । निभाएको भुमिका सफल हुने र अरुले कदर गर्ने छन् । नोकरी तथा व्यापार दुबैमा लाभ मिल्ने छ । बोली प्रभावकारी हुने हुँदा अरुको विश्वास छिट्टै आर्जन गर्न सकिने छ, यसले फाइदा मिल्ने छ । 

कुम्भ 
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत जीवन मध्यम खालको रहने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । आम्दानीमा केही गिरावट आउने छ । शारीरिक कमजोरी देखिने तथा मनोबलमा कमि आउने छ । 

मीन
शेयर बजार मध्यम अवस्थाबाट अघि बढ्ने छ । पेशागत जीवनमा भने समस्याहरुको अवस्थामा जुध्नु पर्ने छ । विशेषगरी कार्यालमा झैझगडामा फसिने भएकाले संयमित भई पाइला चाल्नु वेस हुने छ । आम्दानीमा गिरावट देखा पर्ने छ । व्यक्तित्वमा दृढता आउने भएकाले कठिन परिस्थितिसँग पनि जुध्न तागत आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement