काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ बद्रीप्रसाद दुलालले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।