इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो र यारी’मा ४० हजारसम्म नगद छुट

काठमाडौं ।  महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर ट्रियो र यारी खरिद गर्दा ग्राहकहरुलाई ४० हजारसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।  

नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारीे’ खरिद गरे वापत ४० हजार सम्मको नगद छुट दिने र यो योजना फेब्रुअरी महिना भरका लागि लागु हुने कम्पनीले जनाएको छ । 

Advertisement

आइतबार ३ नयाँ बिक्री दमक, भैरहवा र नेपालगंजमा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । 

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्र सहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र जस्तै  बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा ‘नगद छुट र एक्सचेन्ज’ योजना घोषणा गरिएको हो । 

Advertisement

महिन्द्रा ट्रियो अटो र यारीका विशेषताहरुः  
–एडभान्स लिथियम आयन टेक्नोलोजीबाट निर्मित 
–उत्कृष्ट पर्फमेन्स् क्षमता भएको
–वर्ग वारेन्टीमा सबैभन्दा राम्रो
–ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किमी वारेन्टी 
–ट्रियो  यारीमा तीन वर्ष वा ४०,००० किमी वारेन्टी 
–छिट्टै चार्ज हुने र धेरै समय टिक्ने  
–ट्रियो अटो ३ घण्टा ५० मिनेट चार्जिङ समय, १३० किमि गुड्ने
–ट्रियो  यारीमा २ घण्टा ३० मिनेट चार्जिङ समय, ८५ किमि गुड्ने । 


 

Advertisement