काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा ल्याएको छ ।
यो एक पेनिट्रेटिभ वाटरप्रूफिङ समाधान हो, जसले वाटरप्रूफिङ तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ ।
हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यो हो कि, यो प्रयोग गर्न निक्कै सजिलो छ । यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ ।
हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ जसले गर्दा यसलाई वाटरप्रूफिङको च्याम्पियनको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।