शेयर बजारमा उछालः तीन अर्ब ३६ करोडको कारोबार, आठ कम्पनीबाहेक सबैको मूल्य बढ्यो

Advertisement

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । नेप्से उच्च अंकले बढेसँगै आज कारोबार रकम पनि सवा तीन अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७६.६४ अंकले बढेको छ । ३.६५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१७७.३४ अंकमा उक्लिएको छ । 

Advertisement

आज २ सय ६० कम्पनीका ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८.७५ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजारमा उछाल आउँदा विभिन्न ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । बरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तको शेयर १०–१० प्रतिशतले बढेको हो । 

त्यसैगरी रिडी पावर, ग्रीन भेञ्चर लिमिटेड, ङादी ग्रुप, किसान लघुवित्त र हिमालयन हाइड्रोको शेयर मूल्य क्रमशः ९.९८, ९.८७, ९.५५, ९.४२ र ९.०६ अंकले बढेको हो । 

आज ८ कम्पनीबाहेक सबैको शेयर मूल्य बढेको छ । सबैभन्दा बढी आईसीएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले ५.९० प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १२ करोड ९२ लाख ४२ हजार ७ सय २६.९० रुपियाँ बराबरको कारोबार भएको हो ।  

साताको पहिलो दिन आइतबार बजार १.५४ अंकले बढ्दा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३.९३ रुपियाँ र हिजो सोमबार ४.५७ अंकले बजार बढ्दा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६सय ४५.६० रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement