शेयर लगानीकर्ताहरुको हितका लागि पूर्वप्रधानमन्त्री ओलीको ध्यानाकर्षण

Advertisement

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले लगानीकर्ताहरुको सम्पत्तिको सुरक्षाको माग गरेकी छिन् । 

अध्यक्ष पोखरेलले आज पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उक्त माग गरेकी हुन् । 

Advertisement

राज्यको शेयर बजारप्रतिको गलत बुझाई र नीतिका कारण लगानीकर्ताहरुले समस्या भोग्दै आएको उनले उक्त अवसरमा बताइन् । 

लगानीकर्ताहरुको जायज मागलाई नियामक निकाय हुँदै अदालतसम्म पुगेर आफूहरुको सम्पत्तिमा गम्भीर असर पुर्याइएको उनको भनाई थियो । 

शेयर लगानीकर्ताहरुको हितका पक्षमा राज्यले चाल्नुपर्ने नीतिगत स्थायित्वका बारेमा उनले पूर्व प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको उल्लेख गरेकी छिन् ।  

Advertisement

Advertisement